Nic Ad Nic Ad
Nic Ad Nic Ad

चट्याङ लागेर एकजनाको मृत्यु

शनिबार, असोज ५, २०८१

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गत राति चट्याङ लागेर मृत्यु भएको छ ।

आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

उनका अनुसार स्थानीयले इलाका प्रहरी कार्यालय झिवाखोलामा राति १ बजे खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरी वरिष्ठ हवल्दार केशव बुढाथोकीकोकमाण्डमा दुई जना प्रहरी टोली घटनास्थलमा गएर उद्धार गरेको उनको भनाइ छ ।

उनले थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएको बताए । बुढाको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।

चट्याङका कारण घर र विद्युतीय सामग्रीमा क्षति पुगेको छ । घरमा भएका अन्य सदस्य भने सकुशल छन् ।


 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्