Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमाले महासचिव शंकर पोखरेल भन्छन्– रवि गलत, बालेन उदण्ड, प्रचण्ड आत्तिए

शनिबार, असोज ५, २०८१

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले तीन जनाबारे टिप्पणी गरेका छन्। 

सहकारी ठगी प्रकरणको विषयमा उनले शनिबार दाङमा भएको पत्रकार सम्मेलनमा भने,‘रवि लामिछाने गलत हुन्। उनले अनुसन्धानमा सघाउनुपर्नेमा क्लिन चिट पाएको भनेर हल्ला चलाए।’

शुक्रबार मात्र संसदीय छानबिन समितिले तयार पारेको सहकारी ठगीबारेको प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको थियो। यहि सन्दर्भमा पोखरेलले भने,‘रवि लामिछानेले अनुसन्धानमा सघाउनुपर्छ। तर बँच्नका लागि गलत हल्ला चलाए।’

पोखरेलले काठमाडौंका मेयर बालेन शाहका बारेमा पनि टिप्पणी गरेका छन्। उनले भने,‘बालेन शाह उदण्ड भए। कार्यसम्पादनमा काठमाडौं अन्य पालिकाभन्दा कमजोर छ। त्यसले गर्ने होला नि मुल्यांकन।’

एमाले यसअघि नै संस्थागत रुपमा बालेनको बिरोधमा सक्रिय रहेको छ। 

यता कांग्रेस र एमाले एक्लाएक्लै चुनावमा जाने निर्णयमा पुगेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अत्तालिएको पनि पोखरेलको टिप्पणी छ।

उनले भने,‘अब कोसँग गठबन्धन गर्ने भन्ने अन्योलतामा प्रचण्डजी अत्तालिनुभएको छ।’
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्