Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविले ‘क्लिन चिट’को अनुचित हल्ला गरे : शंकर पोखरेल

शनिबार, असोज ५, २०८१

घोराही - नेकपा एमालेका महासचिव शंकर पोख्रेलले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कमजोरी स्वीकार्नुपर्ने ठाउँमा उल्टै ‘क्लिन चिट’ पाएको भन्दै हल्ला गर्नु उचित नभएको बताएका छन् ।

शनिबार प्रेस चौतारी नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोख्रलले सहकारी रकम अपचलन मुद्दा अनुसन्धानको प्रक्रियालाई प्रभाव पार्नेगरी लामिछानेले क्लिन चिटको अनुचित हल्ला चलाएको बताए ।

उनले भने, ‘अनुसन्धानको प्रक्रियामा सामेल हुनुपर्ने व्यक्तिले अनुसन्धानलाई प्रभाव पार्नेगरी आफ्ना भनाइ राख्न थाले । सहकारीको रकम असुरक्षित गर्नेहरुलाई दण्डित गरिनुपर्छ । सहकारीको सदस्य नरहेका व्यक्ति र कम्पनीलाई लगानी गर्न मिल्दैन, अनुचित तरिकाबाट लगानी भित्र्याएको पुष्टि भयो, विना लगानी हिस्सेदारी प्राप्त गर्ने कुरा अनुचित हो, विना लगानी शेयर प्राप्त गर्ने कुरा अनुचित कार्य हो ।’

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्