नेभिगेशन
खेलकुद

ए ग्रेडकालाई न्यूनतम मूल्य १० लाखसहित एनपीएलमा खेलाडी दर्ता खुल्यो

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुल्ला भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार यसबारे जानकारी गराएको छ।

अक्सनमा तीन ग्रेडमा दर्ता गर्न सकिने क्यानको विज्ञप्तिमा भनिएको छ। ‘अनलाइनमार्फत नाम दर्ता गराउन सकिनेछ’, क्यानले भनेको छ।

अक्सनमा ए बी र सी ग्रेडमा दर्ता गर्न सकिनेछ। ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख रुपैयाँ तोकिएको छ। अधिकतम मूल्य १५ लाखसम्म जान सक्ने जनाउँदै क्यानले एक भन्दा बढी टोलीको बोली लागेको खण्डमा चिट्ठामार्फत निर्णय लिन सकिने बताएको छ।

बी ग्रेडका खेलाडीको न्यूनतम मूल्य ५ लाख र अधिकतम १० लाख रुपैंया राखिएको छ। यसमा पनि अधिकत मुल्य बढी भएमा चिट्ठा थुतिनेछ। 

यसैगरी सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख राखिएको छ भने अधिकत ५ लाखसम्म छ। 

खेलाडीलाई दर्ता गर्न एक हजार शुल्क लाग्नेछ। १२ गतेसम्मका लागि दर्ताको समयसीमा तोकिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद