Nic Ad Nic Ad
Nic Ad Nic Ad

साफ यु-१७ च्याम्पियनसिप : आज नेपाल र पाकिस्तान भिड्दै 

शनिबार, असोज ५, २०८१

काठमाडौँ  - साफ यु-१७ च्याम्पियनसिपमा नेपालले आज पहिलो खेल खेल्दैछ।

चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग खेल्न लागेको हो।

नेपालको समूहमा घरेलु टोली भुटानसँगै पाकिस्तान र श्रीलंका पनि रहेका छन्। यसअघि शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १-० गोलको जीत दर्ता गरेको थियो । 

दोस्रो हाफको अतिरिक्त समयमा गोल गर्दै भारतले जीत पक्का गरेको थियो।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्