Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्यथा नभए न्यूयोर्कमा ओली–मोदी साइडलाईन वार्ता तय, आरजु राणाले मिलाइन् चाँजोपाँजो 

शनिबार, असोज ५, २०८१

काठमाडौं– कुनै अन्य विशेष कारण नपरेको खण्डमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आइतबार अमेरिकाको न्यूयोर्कमा साइडलाईन वार्ता निश्चित बनेको छ।

ओली–मोदी भेटबारे निश्चित जानकारी शुक्रबार बिहानसम्म आएको थिएन। तर, ओली शुक्रबार राती अमेरिका पुगेपछि यस्तो खबर सार्वजनिक भएको हो।

यसका निम्ति नेपालको परराष्ट्र मन्त्रालय निक्कै सकसपूर्ण हिसाबमा खटेको थियो। नयाँ दिल्लीस्थित नेपाली कुटनीतिक नियोगका अधिकारीहरु पनि सक्रिय रहेका थिए। 

यो साइडलाईन वार्ताको चाँजोपाँजो परराष्ट्रमन्त्री आरजु राणा देउवाले मिलाएको बताइएको छ। भारतीय कुटनीतिक नियोगका अधिकारीले शुक्रबार ओलीसँगको वार्ताका निम्ति मोदी तयार हुने जानकारी दिएका थिए।
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्