Nic Ad Nic Ad
Nic Ad Nic Ad
संसदीय छानबिन समितिको प्रतिवेदन

सहकारीको पैसा अपचलन गरी ‘एउटा यस्तो प्रेम कहानी’, शिव श्रेष्ठसँग नाम जोड्ने दिनेश दर्शनधारी

शनिबार, असोज ५, २०८१

काठमाडौं– सहकारी ठगीसम्बन्धी छानबिनका लागि बनेको संसदीय विशेष समितिले विभिन्न तथ्यको खोज गरी सार्वजनिक गरिएको प्रतिवेदनमा नयाँ–नयाँ विषय खुलासा गरिएका छन्।

सहकारीको रकम अपचलन गरी फिल्म, म्युजिक भिडिओसमेत बनाइएको तथ्य प्रतिवेदनमा उल्लेख छ। त्यो रकमको कति हो भन्ने नखुलाइए पनि विवरण सार्वजनिक भएको छ।

अभिनेता शिव श्रेष्ठका छोरा शक्ति तथा अभिनेत्री करिश्मा मानन्धरकी छोरी कबितालाई म्युजिक भिडियो र सिनेमामा समेत डेब्यु गराउने नाममा सहकारीको ठूलो रकम अपचलन भएको थियो।

काठमाडौंको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाबाट रकम अपचलन गरी फँसाइएको फेला परेको हो। उक्त फिल्मको नाम ‘एउटा यस्तो प्रेम कहानी’ हो। 

यो फिल्ममा शक्ति र कवितासँगै संवेक दर्शनधारी, शिव श्रेष्ठ, वर्षा राउत, सञ्जोग कोइराला, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, मिथिला शर्मा, बसुन्धरा भुषाल लगायतले अभिनय गरेका थिएन। 

२०७७ सालको माघ १ गते फिल्म रिलिज भए पनि फ्लप भएको थियो। 

फिल्मलाई शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा राईले निर्माण गरेका थिए। दर्शनधारीले गरेको लगानीको स्रोतचाहिँ सहकारी अपचलनको रकम नै रहेको खुलाइएको छ।

यता, नेपाल प्रहरीका पूर्वएआइजी छविराज जोशीका छोरा रोचकलाई समेत म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने भनेर सहकारीबाट लगानी गरेको ठूलो रकम अपचलन भएको पनि प्रतिवेदनमा उल्लेख छ।

२०६७ साउन ७ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको सहकारी संस्थापक अध्यक्ष दिनेश दर्शनधारी हुन्। उनीसँगै फिल्म निर्माताका रुपमा सहकारीकी सचिव यशोदा राईको पनि नाम राखिएको थियो। 

दर्शनधारीले ठूलो लागतमा सिनेमा र म्युजिक भिडियोसमेत बनाएको र त्यसमा ठूलो रकम फसेको प्रतिवेदनमा उल्लेख छ। 

सहकारीले सोनित्य बचत तथा ऋण सहकारी संस्था, आदिवासी जनजाति महिला बचत तथा ऋण सहकारी संस्था, आरोग्य बचत तथा ऋण सहकारी संस्था, हाम्रो भरोसा बहुउद्देश्यीय सहकारी संस्था र निर्मल बुद्धभूमि बचत तथा ऋण सहकारी संस्थालाई आफूमा एकीकरण गरेको थियो।

सहकारीको सञ्चालक समिति अध्यक्षमा दर्शनधारी, उपाध्यक्ष तारा तुलाधर, सचिव यशोदा राई, कोषाध्यक्ष जेनु मर्हजन र सदस्यहरूमा जेनिस महर्जन, अनिल अधिकारी, शान्तिकुमारी राई छन्। सहकारीको प्रमुख कार्यकारी अधिकृतमा सुवर्ण महर्जन छन्। यस्तै आयुषा दर्शनधारी सहकारीको सिनियर व्यवस्थापक हुन्।

दर्शन बचत तथा ऋण सहकारीमा जम्मा कर्जा १ अर्ब ४५ करोड १३ लाख ४५ हजार २१३ रुपैयाँ छ। जसमा प्रावधान बमोजिम  जम्मा ६ करोड २५ लाख ६७ हजार २६० रुपैयाँ कर्जा लगानी गरिएको छ ।

कर्जा र जोखिमको अनुपात विश्लेषण गर्दा ४.३ प्रतिशत मात्र रहेको छ। संस्थाले कूल निक्षेप रकमको कम्तीमा १० प्रतिशत तरलता राख्नु पर्नेमा त्यसको पनि उल्लङ्घन गरी १.८३ प्रतिशत मात्र तरलता राखेको प्रतिवेदनमा उल्लेख छ।
sahakari_SC5Q5J668o-1726904259.png
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १३:२०
प्रतिक्रिया दिनुहोस्