Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगीः गोरखा मिडियाले ११ दिनमा ग्लोबल आईएमईबाट ५९ चेकमार्फत रकम निकालेको विवरण

शनिबार, असोज ५, २०८१

काठमाडौं– ५ वटा सहकारीबाट अवैध रुपमा गोरखा मिडियाको खातामा जम्मा गरिएको ग्लोबल आईएमई बैंकमा विभिन्न मितिमा ५९ चेक काटिएका विवरण छानबिन विशेष संसदीय समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ।

ति सबै चेकबाट बैंकले ८ करोड २० लाख ९१ हजार ६४३ रुपैंया रकम भुक्तानी गरेको छ। 

पहिलो चेक ८ जनवरी २०२१ मा काटिएको छ भने अन्तिम कारोबार १९ जनवरी २०२१ मा गरिएको छ।

६२ चेकको कारोबार गरिएकोमा तीन वटा सिद्धार्थ बैंकका छन् भने अन्य सबै ग्लोबल आईएमई बैंकका छन्। 

हेर्नुहोस् विवरण 

global-1-1726908070.jpg
global-2-1726908070.jpg
global-3-1726908070.jpg

 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्