Nic Ad Nic Ad
Nic Ad Nic Ad

सदन अवरोध गर्न छोड्दैनौँ : प्रचण्ड

शनिबार, असोज ५, २०८१

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अवरोधलाई जारी राख्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

संविधान र शान्ति सम्झौताको मर्म, भावनाविपरीत हत्या, हिंसा भनिएकाले आफूहरू सदन अवरोधको स्थितिमा रहेको उनले उल्लेख गरे । उनले सदनबाट जबरजस्त ‘आक्रमण’ गर्ने चेतावनी दिए ।

उनले भने, ‘प्रतिनिधिसभामा हामी कमजोर छौँ तर माओवादी कमजोर होइनौँ, हाम्रो विरासत छ। सबै माओवादी एकै ठाउँ आउनुको विकल्प छैन, माओवादीको मर्म र मुद्दा त साझा छ। माओवादी जतिलाई एकीकृत हुने बित्तिकै ठूलो तागत हुनेवाला छ।’

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्