पथरीमा हत्याको शिलशिला, ज्ञानुमतीपछि चन्द्रबहादुरको उस्तै शैलीमा शव भेटियो
पथरी- मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या भएको छ । शनिवार बिहान उनको घरको प्यासेजमा बिभत्स अवस्थामा शव भेटिएको हो ।
यस अघि सोहि स्थानमा ज्ञानु मतीको पनि हत्या भएको थियो । अघिल्लो घटना सेलाउन नपाउदै सोहि प्रकृतीको अर्को घटना घटेकाले स्थानियबासीहरु त्रासित बनेका छन् । गत फागुन २१ गते रातको १० बजे सोहि स्थानमा बालिकाको खुकुरी प्रहार गरि हत्या भएको थियो । उनको हत्यामा प्रेमी भनिने मोरङ ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई बेलबारी स्थित भाउन्ने जंगलबाट प्रहरीले पक्राउ गरेको थियो ।
सोहि प्रकृतीको हत्याले यतिबेला पथरी शनिश्चरे नगरपालिकानै त्रसित बनेको छ । हत्या भएका तामाङको शरिरका विभिन्न स्थानमा चोट लागेको पाइएको छ । तामाङको श्रीमती, छोरा र छोरी विदेशमा रहेका छन । तामाङ घरमा एक्लै बस्दै आएका थिए । स्थानिय दिनेश लिम्बुले बिहान ७ बजे तामाङको शव देखेपछि छिमेकी र प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा एउटा हतियार (बाम्फक) भेटिएको छ ।
लिम्बुले ज्वाई रविनसंग माछा मार्न जाने सल्लाहअनुसार लाई बोलाउन पुगेका थिए । घटना पछि ज्वाइँ रविन राई भने सम्पपर्कबिहीन छन । साईला नामबाट चिनिने ज्वाइँ रविन राई पथरी शनिश्चरे ९ मा रहेको प्लाई फ्याक्ट्रिमा सेक्युरेटि गार्डको काम गर्दै आएको बताइएको छ । तामाङ ज्वाइँकै रेख देखमा रहेका थिए । अन्दाजी ६० वर्षीय तामाङ लामो समय सम्म हुलाक सेवामा कार्यरत थिए । सेवा निर्वृत भएपछि उनी घरमा एक्लै बस्दै आएका थिए ।
ज्ञानु मती र तामाङको घटनाले फेरि पथरी शनिश्चरेमा त्रास छाएको छ । राति ट्वाईलेट जाने क्रममा चौधरीले धारिलो हतियार प्रयोग गरि राईको हत्या गरेका थिए । उक्त घटना घटेको २४ घण्टा नवित्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।