Nic Ad Nic Ad
Nic Ad Nic Ad

मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान

शनिबार, असोज ५, २०८१

महोत्तरी- मधेस प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो । 

बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा  निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले आज आयोजित एक कार्यक्रममा उद्घाटन गरे। त्यस अवसरमा आयोजित गैर व्यावसायिक प्रतियोगितामा ७० जनाले प्रतिस्पर्धा गरेका थिए ।

उद्घाटन समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँसहित उच्च पदस्थ अधिकारीको सहभागिता थियो ।  प्रतियोगिताका विजयी खेलाडीलाई मुख्यमन्त्री सिंह, मन्त्री मियाँ र प्रधानसेनापति सिग्देलले  पदक प्रदान गरेका थिए ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्