जापानमा बाढीपहिरोका कारण एकको मृत्यु ,सात बेपत्ता
काठमाडौ - जापानको भूकम्प प्रभावित क्षेत्र इसिकावामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परेर शनिबार एकजनाको मृत्यु भएको छ। कम्तीमा सातजना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।
सरकारले विज्ञप्तिमार्फत घटनाको पुष्टि गरेको छ। बाढीका कारण वाजिमामा भूकम्प प्रभावित सडक मर्मत गरिरहेका अन्य चारजना पनि बेपत्ता भएको भूमि मन्त्रालयका अधिकारी कोजी यामामोटोले बताएका छन्।
जापानको क्योडो समाचार एजेन्सीले वाजिमामा दशजना बेपत्ता भएको जनाएको छ। इसिकावा सरकारका अनुसार बाढीका कारण धेरै भवनहरू डुबानमा परेका छन् सडक अवरुद्ध छ भने करिब ६ हजार घरहरू बिजुलीविहीन भएका छन्।
प्रभावित क्षेत्रका केही मानिसहरू सञ्चार सेवाविहीन भएको अपरेटरहरूले बताएका छन्। बाढी पहिरोको खतराको बिच वाजिमामा र सुजुका साथै नोटो सहरका बासिन्दाहरूलाई घर छोडेर सुरक्षित स्थानमा जान आदेश दिएको अधिकारीहरूले बताएका छन्।
इसिकावाकोे निगाता र यामागाता प्रान्तका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आदेश दिएको विपद् व्यवस्थापन विभागले जनाएको छ। जापान मौसम विज्ञान विभाग (जेएमए) ले जीवन जोखिममा पार्ने सल्लाह दिँदै इसिकावाका लागि उच्चस्तरको चेतावनी जारी गरेको छ।
प्रधानमन्त्री फुमियो किसिदाले सरकारलाई प्राथमिकताका साथ जनताको जीवन बचाई विपद् व्यवस्थापन गर्न निर्देशन दिएका छन्।