Nic Ad Nic Ad
Nic Ad Nic Ad

अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छ : विद्यादेवी भण्डारी

शनिबार, असोज ५, २०८१

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८४ को निर्वाचन पश्चात नेकपा एमालेको तर्फबाट राष्ट्रपति बनाउन सक्नुपर्ने बताएकी छन् ।

शनिवार मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको बताइन् । उनले नेकपा एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बनी एमालेको तर्फबाट दोस्रो राष्ट्रपति बनाउने प्रयासमा अहिलेदेखि लाग्न जरुरी रहेको बताइन् ।

उनले छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउन आग्रह गरे । उनले नेकपा एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुन अहिलेदेखि लाग्न जरुरी रहेको बताइन् । उनले २०८४ पछि निर्णायक शक्ति भएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउन जरुरी रहेको बताइन् । आगामी निर्वाचनसम्म एमालेले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह पनि गरिन् ।

उनले भनिन् ‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । बामआन्दोलनको तर्फबाट पनि हो । सबैले प्रमुख अतिथि भनेर बोलाउनुपर्ने भएको छ । नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरूमा प्रमुख अतिथि बन्नुपर्ने भयो । म बाहेक अन्य नेताहरू पनि एमालेबाट सम्माननीय बन्नुभएको छ । पार्टीका कार्यक्रमहरू पार्टीका नेताहरू जानुहुन्छ । सामाजिक फोरमहरूमा भने जनताले खोज्ने गरेका छन् । मैले नेकपा एमालेलाई के अनुरोध गर्न खोजेको हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाट राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भए । नेतृत्वमा पुग्ने के गर्नुपर्छ मैले भन्नुपर्दैन । मिठो खानको लागि दाल चामल लगायत धेरै कुराहरू मिलाउनुपर्छ । त्यसको लागि एमालेले प्रयास गर्नुपर्छ । नेकपा एमाले मुलुकमा राष्ट्रिय निर्णायक शक्ति हुने भनेको छ । एमाले आगामी निर्वाचनबाट मुलुकमा राष्ट्रिय निर्णायक शक्ति बनोस् धेरै शुभकामना छ । यस्तो बनाउनुस् । राष्ट्रपति,उपराष्ट्रपति,प्रधानमन्त्री,सभामुख,राष्ट्रिय सभा अध्यक्ष सबै बनाएर मुलुकको अर्थतन्त्रलाई मजबुत बनाउनुस् । मेरो यो मदनभण्डारी फाउण्डेसनको रजत जयन्तीको अवसरमा शुभकामना पनि हो । आगामी निर्वाचनसम्म एमालेले फाउण्डेशनको अग्रसरतामा मुलुकभर जबजको माध्यमबाट अभियान चलाउन आग्रह छ ।’

उनले जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको बताइन् । उनले जबजको सिद्धान्तलाई मान्नेहरूले लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भनेजस्तो काम नभएको बताइन् । उनले मुलुकको राष्ट्रिय अर्थतन्त्र अहिले बलियो बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरिन् । उनले राष्ट्रिय अर्थतन्त्र बलियो बनाउनको लागि आन्तरिक उत्पादन आवश्यक रहेको बताइन् । उनले युवाहरू विदेशी जानुपर्ने अवस्था दुःखदायी भएको बताइन् । उनले दलाल पुँजी वृद्धि हुने, अनौपचारिक क्षेत्र फैलिने तर राष्ट्रिय अर्थतन्त्र कमजोर हुँदा जनताको बहुदलीय जनवादको आधार मानेर समाजवादमा पुग्न नसकिने बताइन् । उनले मुलुक दलाल पुँजीको भरमा समाजवादमा पुग्न नसकिने दाबी गरिन् ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्