Nic Ad Nic Ad
Nic Ad Nic Ad

काभा क्लब च्याम्पियनसिप- उषा सर्वोत्कृष्ट खेलाडी

आइतबार, असोज ६, २०८१

काठमाडौं- नेपाल पुलिस क्लबकी उषा भन्डारी काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् ।

माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो ।

विधागत उत्कृष्ट खेलाडीको पुलिसको बर्चस्व रह्यो । उषा
बेस्ट अपोजिट हिटर घोषित भइन् । सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन् ।

टिपटप न्यु डायमण्डकी सुमित्रा तथा एपिएफका सरस्वती चौधरी र निरुता ठगुन्ना क्लव च्याम्पियनसिपका लागि पुलिसले अनुबन्ध गरेको थियो। पुलिस ६ खेलमा अपराजित हुँदै च्याम्पियन बनेको हो।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्