Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्पेनिस ला लिगा : रियल मड्रिडको सानदार जित

आइतबार, असोज ६, २०८१

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित निकालेको छ । गएराति भएको खेलमा इस्पोनियललाई ४–१ गोलले हराउँदै रियलले जित निकालेको हो ।

रियल मड्रिडका लागि डानी कारभाजल, रोड्रीगो, भिनिसियस जुनियर र किलीयन एम्बाप्पेले एक–एक गोल गरेका थिए । त्यस्तै इस्पोनियलका लागि एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो । रियल मड्रिडका गोलकिपर थिबाउट कोउर्टोइसले आत्मघाती गोल गरेका थिए ।

यो जितपछि रियल मड्रिड ६ खेलबाट १४ अंक सहित दोस्रो स्थानमा रहेको छ । ७ अंक रहेको स्पोनियल १३औँ स्थानमा रहेको छ ।


 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्