Nic Ad Nic Ad
Nic Ad Nic Ad

०८४ को सरकारबारे कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा यस्तो प्रस्ताव छ, अहिलेको एमाले मख्ख!

आइतबार, असोज ६, २०८१

काठमाडौं– ०८४ सालको निर्वाचनपछि दलको आकारसहित सरकार बनाउने विषयमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले नयाँ खाले प्रस्तावलाई संविधान संशोधनको आधार बनाउनुपर्ने विचारलाई अघि सारेका छन्।

शर्माको यस्तो प्रस्तावले नेपाली कांग्रेसलाई भन्दा पनि नेकपा एमालेलाई फाइदा हुन सक्ने स्थिति आउनेछ। अहिलेको एमाले भने मख्ख परेको छ। 

शर्माले ०८४ मा बहुमत नभएको अवस्थामा जसले लोकप्रिय मत बढी ल्याउँछ, उसैले सरकार गठन गर्ने व्यवस्था हुनुपर्ने बताएका छन्।

‘राजनीतिलाई स्थायित्व प्रदान गर्न स्थिर प्रधानमन्त्रीको खोजी जरुरी छ, आफूले दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न हुन्न भन्दै आए पनि त्यसमा स्वीकार हुन सकेको छैन । स्थिर प्रधानमन्त्री रहने गरी संविधान संशोधन गर्न आवश्यक छ’, शर्माले भनेका छन्।

शर्माको यस्तो विचारले एमाले अहिलेका लागि सदनमा दोस्रो दल भए पनि लोकप्रिय मत ल्याउने पार्टी हो। यसअघि ०७४ मा पनि एमाले अधिक बलियो र लोकप्रिय मत ल्याउने पार्टी बनेको थियो।

०८४ मा जनमत जोगाएको खण्डमा शर्माको प्रस्तावले कांग्रेस पहिलो दल बने पनि लोकप्रिय मत नल्याउँदा एमाले दोस्रो बन्यो भने पनि सरकारको नेतृत्वमा दाबी गर्न सक्ने अवस्था आउँछ। यहि विषय संविधानमा संशोधन गरी राखियो भने यसले वैधानिकता पाउने अवस्था रहन्छ।

एमाले चोइटिनु तथा उसको लोकप्रियता खस्किएका कारण समानुपातिकमा नै खसेको उसको मत अलोकप्रिय बन्यो। ०७४ मा एमालेले ३१ लाख ७३ हजार ४९४ मत ल्याएको थियो। तर, त्यसको ५ बर्षपछि उसलाई झन्डै चार लाख मत घाटा लाग्यो।

तैपनि कांग्रेसभन्दा दुई लाख बढी मत ल्याएको थियो। शर्माको प्रस्तावका आधारमा एमालेको मत घटेन भने संविधानअनुसार सरकारको दाबी नगर्ला र?
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  ११:०३
प्रतिक्रिया दिनुहोस्