Nic Ad Nic Ad
Nic Ad Nic Ad

साइडलाइन वार्ताः मोदी भेट्न होटल जानेछन् प्रधानमन्त्री ओली

आइतबार, असोज ६, २०८१

काठमाडौं– अमेरिकाको न्यूयोर्कमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ता गर्ने समय तय भएको छ। 

वार्ताका लागि प्रधानमन्त्री ओली स्थानीय समयअनुसार सोमबार बिहानको राती मोदी बसेको होटल पुग्नेछन्। परराष्ट्रमन्त्री आरजु राणाको पहलमा यो भेटवार्ता तय भएको हो। मन्त्री राणा पनि अमेरिका पुगिसकेकी छन्। 

राष्ट्र संघको महासभामा भाग लिनका लागि प्रधानमन्त्री ओली २२ सदस्यीय प्रतिनिधि मण्डलसहित न्यूयोर्क पुगेका थिए भने परराष्ट्रमन्त्री राणा क्यानडामा भएको विश्वका महिला विदेशमन्त्रीको सम्मेलन सकेर न्यूयोर्क पुगेकी हुन्।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १२:०१
प्रतिक्रिया दिनुहोस्