Nic Ad Nic Ad
Nic Ad Nic Ad

ससुराको हत्या अभियोगमा ज्वाइँ पक्राउ

आइतबार, असोज ६, २०८१

मोरङ- पथरीशनिश्चरेमा ससुराको हत्या गरी फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका उनका ज्वाइँलाई प्रहरीले धनकुटाको मूलघाटबाट आज बिहान १० बजेतिर पक्राउ गरेको हो ।

मृतक तामाङका ज्वाइँ सोही ठाउँका साइला भनिने २७ वर्षीय रविन राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले मूलघाटबाट पक्राउ गरेको इप्रका पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका र मृतका आफ्नै ज्वाइँ ससुरा नाताका हुन् ।

ससुरा तामाङको हत्या गरी ज्वाइँ रविन फरार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउँदै, डीएसपी दाहालले भने, ‘घरमा दुई जना मात्रै हुनु र घटनापछि एकाएक बेपत्ता हुनुले पनि उनकै संलग्नता रहेको हो कि भनेर अनुसन्धान थालेका थियौं । हत्या गरेर रविन भोगेको र खोज्दै जाँदा मूलघाटमा आज बिहान भेटिएपछि नियन्त्रणमा लिएका हौं । पथरी ल्याएर थप सोधपुछ तथा अन्य घटनाका सम्बन्धमा अनुसन्धान गर्ने र पोस्टमार्टमको रिपोर्टले घटना किन भएको हो भन्ने खुल्ने छ ।’

हत्या गरिएको अवस्थामा शनिबार बिहान ७ः२० बजेतिर आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा तामाङको शव फेला परेको थियो ।

मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरु देखिएको बताउँदै, डीएसपी दाहालले भने, ‘शव नजिकै रगत लतपतिएको अवस्थामा धारिलो हतियार खुर्पा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा खुर्पाले प्रहार गरेर हत्या गरे जस्तो देखिन्थ्यो ।’

पक्राउ परेका रविन ससुराली घरमा बस्दै आएको थिए । घरमा ज्वाइँ ससुरा मात्रै बस्दै आएका थिए । रविनको घर पनि ससुराली घरनजिकै छ ।

चन्द्रबहादुरकी छोरी ९रविन०की पत्नी विदेशमा रहेको प्रहरीले जनाएको छ ।

चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी सबै जना विदेशमा रहेको डीएसपी दाहालले बताए । उनका अनुसार दुवै जना ९ज्वाइँ ससुरा० शुक्रबार राति घरमै मदिरा सेवन गरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनीहरु सधैं मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको छिमेकीले बताएका छन् । मदिरा सेवनपछि उत्पन्न विवाद हत्यामा परिणत भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्