Nic Ad Nic Ad
Nic Ad Nic Ad

दशैंका लागि अग्रिम टिकट बुकिङबारे सरकार र व्यवसायीबीच ७ बुँदे सहमति

आइतबार, असोज ६, २०८१

काठमाडौँ- दशैं तिहारलाई लक्षित गरेर यही साताबाट सार्वजनिक यातायातकोअग्रिम टिकट खुलाइने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको र व्यवसायीसहितको बैठकले चाडपर्वमा यात्रुको सुविधाको लागि ७ बुँदे सहमति गरेको छ ।मन्त्रालय र व्यवसायीबीच भएको सहमतिअनुसार घटस्थापना अगाडि नै सबै सडक मर्मत गरी यातायात सुचारु गर्न सडक विभागलाई निर्देशन दिइएको छ । बीपी राजमार्ग सडक सुरक्षाका लागि साना सवारी मात्र चलाउन एवम् रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गृह मन्त्रालयमा अनुरोध गरिएको छ ।

व्यवसायीले लामो समयदेखि उठाउँदै आएको भाडादर समायोजनको माग छठपछिको हप्तामा कार्यान्वयन गर्ने गरी व्यवस्था मिलाउन विभागलाई निर्देशन दिइएको छ ।

यस्तो छ सहमति :

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्