Nic Ad Nic Ad
Nic Ad Nic Ad

पारसले लेजेन्ड्स लिग नखेल्ने

आइतबार, असोज ६, २०८१

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा पुर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग २०२४ नखेल्ने भएका छन् । लेजेन्ड्स शुक्रबारदेखि राजस्थानको जोधपुरमा सुरु भएको छ ।

पारसलाई अक्सनमा गुजरातले १२ लाख ५ हजार भारतीय रुपैयाँमा किनेको थियो । तर पारसले व्यक्तिगत कारणले उक्त लिग खेल्न जान नपाउने भएका छन् । ‘म लेजेन्ड्स लिग खेल्न जान भ्याउँदिन । अहिले क्यान र प्रदेशको वार्षिक साधारण सभा तथा नेपाल प्रिमियर लिग (एनपीएल) मा व्यस्त छु’, पारसले भने ।

पारस आबद्ध गुजरातमा वेस्ट इन्ण्डिजका क्रिस गेल, भारतीय शिखर धवन, मोहम्मद कैफ, श्रीशान्त, वेष्ट इण्डिजका लेन्डन सिमन्स र इंग्ल्यान्डका लियाम प्लेन्केट जस्ता खेलाडी छन् । क्यानको वार्षिक साधारण सभा असोज ११ र १२ गते पोखरामा हुँदैछ । जिल्ला र प्रदेशको साधारण सभा निरन्तर जारी छ । नेपाल प्रिमियर लिग ९एनपीएल० को अक्सन भने दशैंअघि गर्ने तयारी भइराखेको छ ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्