Nic Ad Nic Ad
Nic Ad Nic Ad

सिलिकन मास्क लगाउने सुगर ड्याडीः यातना रोक्न खोज्दा ‘घरमूलीमाथि आक्रमण’

आइतबार, असोज ६, २०८१

काठमाडौं– सुगर ड्याडी भनिने आशिष देउला र उनको समूहले विभिन्नलाई यातना दिने क्रममा रोक्न खोज्दा घरमूलीमाथि पनि आक्रमण गरेको सूचना प्रहरीले पाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यो सूचनाअनुसारको अनुसन्धान र सोधपुछ जारी राखिएको छ। 

सिलिकन मास्क लगाएर पव जाने सुगर ड्याडीले विभिन्न युवा युवतीलाई आइरनले डाम्ने, नङमा किला ठोक्ने, मलद्वारमा स्नुकर लाठी हालेर यातना दिँदै आएका थिए।  

प्रहरीका अनुसार पहिलो चरणमा आशिष देउलासहित २ जनाको बयान लिइसकिएको छ। ‘थप जाहेरी पनि आएका छन्’, प्रहरी अधिकारी भन्छन्,‘यो क्रुर अमानवीय हिसाबको अपराध हो।’

प्रहरीले बुढानिलकण्ड–१ बाट देउलालाई पक्राउ गर्ने क्रममा फेला पारेका विभिन्न डिभाइस फरेन्सिक ल्याबमा जाँचका लागि पठाएको र त्यसबाट आउने रिपोर्टले पनि धेरै खुलाउने जनाएको छ। देउलाले यस्तो यातनाको भिडिओ बनाएर डार्क वेभमा पठाउने गरेको विषयबारे पनि अनुसन्धान हुने बताइएको छ।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्