Nic Ad Nic Ad
Nic Ad Nic Ad

३० टुक्रा पारेर फ्रिजमा राखिएको अवस्थामा भेटियो महिलाको शव

आइतबार, असोज ६, २०८१

काठमाडौं– एक जना महिलाको शव ३० टुक्रा पारी फ्रिजमा राखिएको अवस्थामा फेला परेको छ। भारतको बेंगलुरुको मल्लेश्वरम क्षेत्रमा शनिबार एक घरमा २९ बर्षिया महालक्ष्मी नाम गरेकी महिलाको शव फेला परेको हो। 

सो क्षेत्रको एक अपार्टमेन्टमा महिला एक्लै बस्दै आएकी थिइन्। मूलतः बिहारकी उनी करिब ४–५ महिनाअघि घर सरेकी थिइन्।

छिमेकीहरूले अपार्टमेन्टबाट दुर्गन्ध आएको गुनासो गर्न थालेपछि यो घटना बाहिर आएको थियो।

हत्याको कारण भने खुल्न नसकेको तर करिब एक साताअघिको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। यस विषयमा अनुसन्धान सुरु गरिएको छ।

अतिरिक्त प्रहरी आयुक्त एन सतीश कुमारले भने, ‘व्यालिकवल प्रहरी थानाको एक घरमा एक महिलाको शव टुक्रा टुक्रा गरी फ्रिजमा राखिएको अवस्थामा फेला परेको थियो। यो चार–पाँच दिन पहिले गरिएको देखिन्छ।

अनुसन्धानमा कुकुर र फरेन्सिक विज्ञ पनि घटनास्थलमा खटिएको बारे भारतीय मिडिया न्यूज १८ ले लेखेको छ। अन्य मिडियाहरूमा पनि यस विषयमा खबरहरु प्रकाशित छन्।

‘शवको पहिचान भइसकेको छ। छानबिन भइरहेको छ। अनुसन्धानपछि थप जानकारी दिनेछौँ। उनी कर्नाटकमा बसोबास गरिएकी थिइन् तर मूल रूपमा अर्कै राज्यकी हुन्’, प्रहरी अधिकारीले जानकारी दिएका छन्।

बारम्बार झगडाका कारण विवाहित युवती श्रीमानसँग अलग्गै बस्दै आएकी थिइन्। महालक्ष्मी मल्लेश्वरममा बसेकी थिइन् र नजिकैको कपडा कारखानामा काम गर्थिन् तर विगत दुई सातादेखि उनी काममा नगएको पनि प्रहरीले पत्ता लगाएको छ।
 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्