Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनगढी विमानस्थलमा ढलेर एक जनाको मृत्यु

आइतबार, असोज ६, २०८१

धनगढी- धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका -२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले ढलेर बेहोस् भएका बोहरालाई तत्काल माया मेट्रो अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको बताए ।

उनको हदयघातका कारण मृत्यु भएको आशंका गरिएको छ । बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।


 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १४:४७
प्रतिक्रिया दिनुहोस्