Nic Ad Nic Ad
Nic Ad Nic Ad

एसिया कराँते च्याम्पियनसिपमा एरिकाले जितिन् ऐतिहासिक रजत पदक

आइतबार, असोज ६, २०८१

नेपाली मार्सल आर्ट खेलाडी एरिका गुरुङले २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी छिन् । आइतबार भएको फाइनल भिडन्तमा भियतनामकी नाओन थि नुयेनसँग पराजित भएपछि उनी रजतमा सीमित भएकी हुन् । 

चीनको हाङ्जाउमा च्याम्पियनसिपको ६८ केजीमाथि तौल समूहमा एरिकाले प्रतिस्पर्धा गरेकी थिइन् । उनलाई फाइनलमा भियतनामकी नुयेनले ६–० ले पराजित गरिन् । एसियन सिनियर च्याम्पियनसिपमा नेपालले पहिलोपटक कुनै पदक जितेको हो । 

एरिकाले प्रि क्वार्टरफाइनलमा फिलिपिन्सकी इसाबेल अरियन्ने ब्रिटोलाई ४–० ले पराजित गरेकी थिइन् भने क्वार्टरफाइनलमा सोफिया बेरुल्टसेभालाई पाखा लगाएकी थिइन् । एरिका १९औं एसियन गेम्समा उनैसँग पराजित भएकी थिइन् । 

एरिकाले सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० ले पाखा लगाउँदै फाइनल यात्रा गरेकी थिइन् । 

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्