Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएलमा खेलाडीले आफ्नो ग्रेड आफैँ रोज्न पाउने

आइतबार, असोज ६, २०८१

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनका लागि  खेलाडीले आफ्नो नाम जुनसुकै ग्रेडमा पनि दर्ता गराउन पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले असोज १२ सम्मको समय खेलाडी दर्ताका लागि खुला गरेको छ ।

खेलाडीले आफ्नो नाम ए, बी र सी ग्रेडमा दर्ता गराउन पाउनेछन् । सी ग्रेडका खेलाडीको न्यूनतम मूल्य २ लाख, बी को ५ लाख र ए को १० लाख रुपैयाँ तोकिएको छ । सी ग्रेडका खेलाडीले उच्चतम ५ लाख, बी ग्रेडकाले १० लाख र ए ग्रेडका खेलाडीले १५ लाख तोकिएको छ । उच्चतम मूल्यमा पुगेपछि चिट्ठाबाट खेलाडी छनोट हुनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले खेलाडीले आफ्नो विवेक अनुसार कुनै पनि ग्रेडमा नाम समावेश गर्न सक्ने बताए ।

सबै नाम आएपछि खेलाडीको सर्ट लिष्ट गरेर अक्सनमा जाने उनी बताउँछन् । क्यानले अक्सन दशैंअघि गर्ने जनाए पनि मिति भने तय गरेको छैन ।अघिल्लो हप्ता लक्की ड्र मार्फत मार्की खेलाडी छनोट गरिएको थियो ।

काठमाडौँमा करण केसी, पोखरा एभेन्जर्समा कुशल भुर्तेल, चितवनमा कुशल मल्ल, लुम्बिनीमा रोहित पौडेल, विराटनगरमा सन्दीप लामिछाने, जनकपुरमा आसिफ शेख, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी छनोट भएका थिए ।

एनपीएल नोभेम्बर ३० देखि डिसेम्बर २१ सम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्