Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेडिकल व्यवसायी दुर्गा प्रसार्ईं पक्राउ

आइतबार, असोज ६, २०८१

आफूलाई सामाजिक अभियन्ताको रुपमा चिनाउँदैआएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । आइतवार दिउँसो उनी भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

आइतवार दिउँसो साइबर व्युरोबाट प्रसाईंलाई पक्राउ गर्न उनको निवा पुगेका प्रहरीलाई लामो समय भित्रबाट ढोका नखोली अपशब्द प्रयोग गर्न थालिएपछि प्रहरीले भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो । त्यस क्रममा प्रतिरोधमा उत्रिएका प्रसाईंका अंगरक्षकलाई समेत प्रहरीले नियन्त्रणमा लिइएको छ ।

प्रसाईँसहित प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले अघिल्लो गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी लिएको थियो ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृति गरेको आरोप लगाउँने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेपछि अदालतको अनुमतिमा प्रसाईांई पक्राउ गरिएको प्रहरीका भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्