Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रकाउ परेपछी दुर्गा प्रसाईंले भने एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु

आइतबार, असोज ६, २०८१

काठमाडौ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् ।

प्रहरीले प्रसाईंलाई उनको निजी निवास भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने बताएका हुन् ।

पक्राउ गर्न पुगेका प्रहरीलाई प्रसाईंले भने, ‘पक्रेजस्तो नगर्नुस् न । भ्रष्टाचारीलाई जस्तो नगर्नुस् न ! एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु क्या !’  प्रसाईंलाई आइतबारै प्रहरीले म्याद थप गर्ने तयारी गरेको छ ।

आइतबार दिउँसो आफ्नै घरबाट पक्राउ परेका प्रसाईंलाई असोज २ मा जिल्ला अदालत काठमाडौँले  पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।

प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्