Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी ठगी : रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी, प्रहरी उच्च अधिकारी छलफलमा

आइतबार, असोज ६, २०८१

काठमाडौ  - राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । सहकारी हिनामिना प्रकरणमा मुछिएका लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी  भएको हो ।

प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएका थिए। लगत्तै प्रहरीले सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई नियन्त्रणमा लिएको थियो।

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो।

सरकारको निर्देशनपछि फरार हुन सक्ने आशंकामा रास्वपा सभापति लामिछानेमाथि निगरानी बढाएको प्रहरी उच्च स्रोतले बताएको छ। समितिले कारबाहीका लागि सिफारिस गरेकाले उनलाई जुनसुकै समयमा पक्राउ गर्न सकिने प्रहरीको भनाई छ।  लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्री समेत हुन्। विभिन्न प्रक्रियाका बिषयमाथि छलफल भएको उच्च अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्