Nic Ad Nic Ad
Nic Ad Nic Ad

चीन भ्रमणमा गएको स्वर्णिम वाग्ले नेतृत्वको टोली सोमबारै स्वदेश फर्किने

आइतबार, असोज ६, २०८१

काठमाडौ - दश दिने भ्रमणका लागि शनिबार राति चीन गएको रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको टोली सोमबार बिहानै स्वदेश फर्किने भएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको निम्तो स्विकारेर उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा १४ जनाको टोली शनिबार मध्यरातमा चीनका लागि उडेको थियो । टोलीमा ७ सांसद र ७ गैरसांसद छन् ।

सोमबार बिहानको पहिलो फ्लाइटबाट काठमाडौं फर्किन लागेको रास्वपाका कार्यवाहक प्रवक्ता गणेश कार्कीले जानकारी दिए ।

उपसभापति वाग्लेसहित, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  २१:५१
प्रतिक्रिया दिनुहोस्