Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनुषाको प्रहरी हिरासतबाट आठ थुनुवा फरार

सोमबार, असोज ७, २०८१

धनुषा - धनुषामा प्रहरी हिरासतबाटै ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति जिल्ला प्रहरी कार्यालय धनुषाको भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ ।

हिरासतबाट ९ जना फरार भएका थिए ती मध्य एक जनालाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फरार हुनेमा लागु औषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया रहेका छन्। त्यस्तै अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।

फरार भएकाहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । घटनाबारे विस्तृत बुझ्न आफू जिल्ला प्रहरी कार्यालय जान लागेको धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्