Nic Ad Nic Ad
Nic Ad Nic Ad

माओवादी विचारका श्रीलंकाका नयाँ राष्ट्रपतिलाई प्रचण्डले के भने ?

सोमबार, असोज ७, २०८१

काठमाडौं- श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित अनुरा कुमारा दिसानायकालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्यकमल दाहाल प्रचण्डले बधाई दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै दाहालले अनुरा कुमारा दिसानायका र उनको पार्टी जेभीपीलाई बधाई तथा शुभकामना दिएका हुन् । 

दाहालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् :

श्रीलङ्काको नवौं राष्ट्रपतिको निर्वाचनमा ऐतिहासिक जित हासिल गरेकोमा कमरेड Anura Kumara Dissanayake, गठबन्धन नेशनल पिपुल्स पावर र उहाँको दल जेभीपीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। भ्रष्टाचार, आर्थिक संकट र भूराजनीतिक तनावको सही समाधानको रूपमा मार्क्सवादी नेता चयन गर्ने श्रीलंकाली जनतालाई म सलाम गर्छु। उहाँको कार्यकालमा नेपाल र श्रीलंकाबीचको सम्बन्ध सुमधुर हुने विश्वास लिएको छु। 

श्रीलङ्काको निर्वाचन आयोगले आइतबार पूर्वमार्क्सवादी राजनीतिज्ञ अनुरा कुमारा दिसानायका मुलुकको राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनी दोस्रो चरणको मतगणनापछि श्रीलङ्काको नवौँ राष्ट्रपति भएका हुन्। दिसानायकाले सोमबार बिहान कोलम्बोको औपनिवेशिक कालको राष्ट्रपति सचिवालयमा शपथ लिने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् । 

पिपुल्स लिबरेसन फ्रन्टका ५५ वर्षीय नेता दिसानायका ४२ दशमलव ३१ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिमा विजयी भएको आयोगले जनाएको छ । 

 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १०:०४
प्रतिक्रिया दिनुहोस्