छविलाल जोशीलाई आज अदालत लगिँदै
काठमाडौं - सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका पूर्वडीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई आज कास्की जिल्ला अदालतमा पेस गरिदैँछ ।
काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार नै पोखरा पुर्याइएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा ठूलो रकम ल्याएको संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि जोशीविरुद्ध कास्की प्रहरीले अनुसन्धान गर्न पक्राउ गरेको हो ।
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१ १०:०६
प्रतिक्रिया दिनुहोस्