Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड, तोलाको कति ?

सोमबार, असोज ७, २०८१

काठमाडौ - सुनको भाउमा लगातार नयाँ रेकर्ड बन्न थालेको छ । पछिल्लो दुई दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको हो । 

साेमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार छापावाला सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबार छापावाला सुन प्रतितोला एक लाख ५८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको मूल्यले एकपछि अर्को रेकर्डलाई तोड्दै नयाँ रेकर्ड कायम गरेको हो।

यता चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९२० रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा खरिदबिक्री भएका थियो।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्