Nic Ad Nic Ad
Nic Ad Nic Ad

काभा क्लब च्याम्पियनसिप जितेर स्वदेश फर्कियो पुलिस क्लब 

सोमबार, असोज ७, २०८१

काठमाडौं- काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेको नेपाल पुलिस क्लब स्वदेश फर्किएको छ। टोली सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको थियो।

पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। यसक्रममा पुलिसले प्रारम्भिक चरणमा हुमोलाई यही सेटमा पराजित गरेको थियो। पुलिसले पहिलो सेट २५–१६ ले सहजै जितेको थियो। तर, त्यसपछिका दुई सेट भने पुलिसलाई सहज भएन।

प्राम्भिक चरणमा कमजोर प्रदर्शन गरेको हुमोले यसपल्ट भने सुधारिएको प्रदर्शन गर्‍यो। दोस्रो सेट पुलिसले जित्यो। तर, उसले कडा संघर्ष गर्दै उक्त २५–२२ ले आफ्नो पक्षमा बनायो। तेस्रो तथा अन्तिम सेट पनि पुलिसले संघर्ष गर्दै २५–२३ ले आफ्नो बनाएको हो।

प्रतियोगितामा पुलिसकी उषा भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्