Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ आईपुगे श्रीलंकाली पूर्वराष्ट्रपति राजापाक्षे

सोमबार, असोज ७, २०८१

काठमाडौँ- श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे काठमाडौँ अवतरण गरेका छन् ।

उनी श्रीलंकन एयरलाइन्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको काठमाडौँस्थित श्रीलकंन दूतावास स्रोतले पुष्टि गरेको छ ।उनी व्यक्तिगत रूपमा लुम्बिनी भ्रमणका लागि नेपाल आएको स्रोतले बतायो । उनले नवलपरासीको शास्वतधामस्थित बुद्धिस्ट सेन्टरको भ्रमण गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ । भ्रमणको व्यवस्थापन नेपालस्थित श्रीलंकाली दूतावासले गरिरहेको छ ।

श्रीलंकामा आज मात्र नयाँ राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन् ।

श्रीलंकामा भएको विशाल आन्दोलनपछि दुई वर्षअघि उनी देश छाडेर भाग्नु परेको थियो । पछि उनी पुनः श्रीलंका फर्केका थिए ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्