Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्टरपोलको बैठकमा भाग लिन आईजीपी कुँवर ग्रिस प्रस्थान

सोमबार, असोज ७, २०८१

काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर इन्टरपोलको महासभामा भाग लिन ग्रिसतर्फ प्रस्थान गरेका छन् ।

लागुऔषध ओसारपसार एवं नियन्त्रणसम्बन्धी कार्यशालामा भाग लिन कुँवर सोमबार बिहान ग्रिस प्रस्थान गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । कुँवर बिहान करिब साढे नौ बजेतिर ग्रिसतर्फ प्रस्थान गरेका हुन् । उनी असोज १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

पाँच दिनसम्म चल्ने कार्यशालामा उनी सहभागी हुने छन् । कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्