Nic Ad Nic Ad
Nic Ad Nic Ad

जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भए ८ थुनुवा

सोमबार, असोज ७, २०८१

काठमाडौं– जिल्ला प्रहरी कार्यालय धनुषाबाट आइतबार राती फरार भएका नौ जना थुनुवामध्य एक जना पक्राउ गरिएको छ। अझै ८ जना फरार छन्। 

भेन्टिलेशन फुटाएर ८ जना थुनुवा फरार भएको प्रहरीले जनाएको छ। हिरासतबाट ९ जना थुनुवा फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक फरार छन्। 

फरार भएकाहरूको रातिदेखि तिव्रताका साथ खोजतलास जारी रहेको र सम्भावित ठाउँमा सर्च अभियान चलाएको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्