Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईजी ग्रीस गए, कार्यबाहक राईले पाए

सोमबार, असोज ७, २०८१

काठमाडौं– नेपाल प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवर सोमबार ग्रीस गएका छन्। 

इन्टरपोलको महासभामा भाग लिन कुँवर त्यता लागेका हुन्।

लागुऔषध ओसारपसार एवं नियन्त्रणसम्बन्धी कार्यशालामा भाग लिन कुँवर सोमबार बिहान ग्रिस प्रस्थान गरेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले जानकारी दिए।

कुँवर बिहान करिब साढे नौ बजेतिर ग्रिसतर्फ प्रस्थान गरेका हुन्। उनी असोज १५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

त्यसबेलासम्म कार्यबाहक आईजीको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरिक्ष (एआईजी) टेकप्रसाद राईले सम्हाल्नेछन्।
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्