एसपी–डीएसपीको सरुवा टुङ्गो लगाएर ग्रीस गए आईजी कुँवर
काठमाडौं– नेपाल प्रहरीका उपरिक्षक (एसपी) र नायव उपरिक्षक (डीएसपी) सरुवा टुङ्गो लगाएर महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवर ग्रीस उडेका छन्।
उच्च स्रोतका अनुसार सरुवाबारेको सूचना प्रकाशित हुन मात्र बाँकी रहेको छ। कार्यबाहक आईजी टेकप्रसाद राईले सरुवाको सूची प्रकाशित गर्न निर्देशन दिनेछन्।
आईजी कुँवर असोज १५ मा फर्किनुअघि नै सरुवा भइसक्नेछ।
इन्टरपोलको महासभामा भाग लिन कुँवर त्यता लागेका हुन्। लागुऔषध ओसारपसार एवं नियन्त्रणसम्बन्धी कार्यशालामा भाग लिन कुँवर सोमबार बिहान ग्रीस गएका हुन्।
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१ १५:२१
प्रतिक्रिया दिनुहोस्