Nic Ad Nic Ad
Nic Ad Nic Ad

रामकुमारीका कुरा सुनेर माधव नेपाल भाउन्न

सोमबार, असोज ७, २०८१

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीभित्र अध्यक्ष माधवकुमार नेपाल पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीका तर्कसँग असहमत मात्र होइन, रिसाउन समेत भ्याएका छन्। 

पार्टीका आन्तरिक बैठकमा उपाध्यक्षमा पराजित झाँक्रीले पार्टीको हितविपरित एमालेसँग साँठगाँठ गरेको भन्ने आरोप समेत लगाउन थालिएपछि अध्यक्ष नेपाल रिसाएर भाउन्न भएका थिए। 

उनले यसको संकेत एउटा सार्वजनिक कार्यक्रममा पनि दिए। उनले झाँक्रीको नाम नलिए पनि भने,‘अनुशासनमा बस्नुपर्छ, अनुशासनहिनता काम गर्ने छुट कसैलाई छैन।’

पछिल्लो समय नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीसँग झाँक्रीको राजनीतिक सम्बन्ध गहिरो हुन थालेकोप्रति अध्यक्ष नेपाललाई चित्त नबुझेको एकीकृत समाजवादीका एक नेताले बताए। 

‘आफ्नो पार्टीको मानमर्दन गर्ने अनि जहाँ बिद्रोह गरियो, त्योचाहिँ सही भन्ने चिज ठिक होइन’, ति नेताले भने,‘अहिले रामकुमारीजीको त्यस्तै चरित्र देखिँदैछ।’

कतिपय अन्तरवार्तामा झाँक्रीले नेकपा एकीकृत समाजवादी गठनका लागि अग्रसर हुनु अहिले गल्ती भएको हुन सक्ने मात्र होइन, एमाले फर्किन सक्नेसम्मका संकेत गरेकी थिइन्। 

यसबाहेक पार्टीको महाधिवेशनमा उपाध्यक्षमा पराजित भएकोमा कुनै खिन्नता नदेखाएकी उनले सामान्य प्रक्रिया जस्तो गरी टिप्पणी मात्र गरेकी थिइनन्, महाधिवेशनलाई नै महत्व नदिएको जस्तो गरी बोलेकी थिइन्।

यति मात्र होइन अन्तरवार्ताका क्रममा झाँक्रीले उपाध्यक्ष पदमा पराजित हुँदा आफ्ना पतिले खासै रुची नदिएको विषयमा पनि टिप्पणी गरेकी थिइन्। 
झाँक्रीलाई महिला उपाध्यक्षमा पराजित गर्ने जयन्ती राईले पनि आलोचना गरेकी छन्। झाँक्रीको व्यवाहार नराम्रो भएको भन्ने राईको तर्क थियो।
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार