काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत गुरागाइँले गरे पदबहाली
काठमाडौं- काठमाडौं महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतमा सरोज गुरागाईं सरुवा भएका छन्। उनले सोमबार नै पदवहाली गरेका हुन्।
यसअघि गुरागाईं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत ‘समृद्धि आयोजना’ को प्रमुख थिए। गत भदौ २७ गते बसेको मन्त्रिपरिषद् बैठकले गुरागाईंलाई काठमाडौं महानगरमा सरुवा गर्ने निर्णय गरेको थियो।
निवर्तमान प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्।
पदभार ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले काठमाडौंको अहिलेको गौरव र प्रतिष्ठालाई कम हुन नदिने गरी काम गर्नुपर्ने बताउँदै नेतृत्वको नीति र कर्मचारी संयन्त्रको कुशल प्रशासनिक एवं व्यवस्थापकीय सिपले काठमाडौंको उचाइ बढ्दै जाने बताए।
प्रकाशित मिति: सोमबार, असोज ७, २०८१ १६:०९
प्रतिक्रिया दिनुहोस्