Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रभु बैंक दुई अवार्डबाट सम्मानित

सोमबार, असोज ७, २०८१

काठमाडौं- प्रभु बैंकलाई एकसाथ दुई अवार्डबाट सम्मानित गरिएको छ । भिजा इन्टरनेसनलले आयोजना गरेको ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ सम्मेलनमा प्रभुलाई एकसाथ दुई अवार्डबाट सम्मानित गरिएको हो ।

प्रभुले ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस’ र ‘एक्सिलेन्स इन प्रडक्ट इनोभेसन’ अवार्ड पाएको हो ।

भिजा एफिलिएट सदस्यता श्रेणीको रूपमा भिजा नेटवर्कमा भिजा उपभोक्ता डेबिट कार्डको व्यवसायमा उत्कृष्टता बापत पहिलो अवार्ड प्राप्त भएको हो भने दोस्रो अवार्ड एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन पूर्ण नविनतम् सुविधा सहितको प्रभु भिसा बिजनेश डेबिट कार्डको पहिलो ब्यवसायिक सेवा बिस्तारसँग सम्बन्धित रहेकाे छ ।

बैंकका अनुसार प्रभु भिजा बिजनेस डेबिट कार्ड चल्ती खातावाल लक्षित गरी सुरु गरिएको हो । त्यस्तै व्यावसायिक कारोबार भुक्तानीमा सहजता भई व्यवसाय प्रवद्र्धनमा थप सहज तथा पारदर्शिता कायम रहने छ ।

प्रभुले ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १६:११
प्रतिक्रिया दिनुहोस्