Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहकारी प्रकरणः पूर्वडीआईजी जोशीलाई ५ दिन म्याद थप 

सोमबार, असोज ७, २०८१

काठमाडौं– सहकारी ठगी प्रकरणमा रकम अपचलन गरेको अभियोग लागेका प्रहरीका पूर्वनायव महानिरिक्षक (डीआईजी) छविलाल जोशीलाई अदालतले ५ दिन म्याद थप गरेको छ।

प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुमति दिएको हो। अदालतका न्यायाशीश चन्द्रकान्त पौडेलको इजलासले यस्तो अनुमति दिएपछि जोशीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

विभिन्न पाँच सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोड बढी रकम अपचलनमा उनको पनि संलग्नता रहेको भन्दै काठमाडौंबाट पक्राउ परेका जोशीलाई आइतबार पोखरा लगिएको थियो।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको थियो । पोखराको सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा पाँच करोड रूपैयाँ गएको देखिएको छ।

त्यही गोर्खा मिडियाविरूद्ध कास्कीमा जाहेरी परेकाले जोशीलाई पोखरा लगिएको हो। पोखराका २२ जना सूर्यदर्शन सहकारी पीडितले गत माघ २२ गते रवि लामिछाने, दिपेश पुनसहित ४ जना र गोर्खा मिडिया प्रालिसहित १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए। 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्