रवीन्द्र जीले प्रशंसा गर्नुभएको कि आलोचना गर्नुभएको बुझ्नै सकिएन : प्रचण्ड
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आफूलाई प्रशंसा गरेको कि आलोचना गरेको बुझ्न नसकेको बताएका छन् ।
संविधान निगरानी समूहको कार्यक्रममा बोल्दै मिश्रले देशको राजनीति प्रचण्डकै वरिपरि घुमिरहेको टिप्पणी गरेका थिए । त्यही कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘उहाँलाई मैले यहाँ पस्दैगर्दा तपाईँले प्रशंसा गर्नुभएको कि आलोचना गर्नुभएको बुझ्नै सकिएन भनेको थिएँ । उहाँले अस्ति मैले झट्ट देखेको थिएँ, उहाँले दरवार मार्गको नाम पनि काँग्रेस-एमालेले प्रचण्ड मार्ग राखे हुन्छ भन्नुभयो । यो काँग्रेस, एमाले र प्रचण्डको बीचमा लडाइँ पार्न खोजेको हो कि मलाई त्यो महसुस भयो । त्यो विचार राख्ने मान्छेले ‘प्रचण्डलाई महत्त्व पक्कै दिनुभएको होइन । उहाँले राजनीति गर्नुभएको हो । त्यो स्वतन्त्रता तपाईँलाई छ ।’
उनले यो ‘प्रचण्ड’को संविधान नभएर जनताको संविधान भएको जवाफ दिए । प्रचण्डले संविधानसभाको निर्वाचन गराउने र बनाउनेमा आफ्नो भूमिका महत्त्वपूर्ण रहेको बताए ।