Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीलाई सुमनाको प्रश्न : युवालाई कुन नैतिक धरातलदेखि नेपाल फर्क भन्ने ?

सोमबार, असोज ७, २०८१

काठमाडौँ - पूर्वशिक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशमा रहेका नेपाली युवालाई ‘कुन नैतिक धरातलदेखि नेपाल फर्क भन्ने हो’ भन्दै प्रश्न गरेकी छन् ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले हावर्ड र कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्न कार्यक्रम सम्बन्धमा उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रश्न गरेकी हुन् ।


प्रधानमन्त्री ओलीले हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा सम्बोधन गर्ने भएकाले न्यूयोर्क र बोस्टनमा रहेका नेपाली युवा विद्यार्थीलाई प्रधानमन्त्रीको सम्बोधन सुन्न अनुरोध गर्दै पूर्वशिक्षामन्त्री श्रेष्ठले आफ्नो प्रश्न गरिदिन पनि आग्रह गरेकी छन् ।

उनले लेखेकी छन्, ‘नेपालको विश्वविद्यालयमा विद्यार्थीलाई दलगत राजनीतिमा आबद्ध गराउन शपथ खाएर उता हार्वर्ड र कोलम्बिया विश्वविद्यालयमा हाम्रा प्रधानमन्त्री ओलीज्यू सम्बोधन दिन लाग्नुभएको छ । न्यू योर्क र बस्टनमा हुनुहुने सबैले गएर सुन्नुहोला है १ अनि मेरोतर्फबाट एउटा प्रश्न पनि सोधिदिनु होला, ‘नेपाल फर्किएर आएका युवालाई तुच्छ व्यवहार गर्ने, देशलाई पुरुषको मात्र हो, महिलाको त माइत हो भन्ने व्यक्तिले कुन नैतिक धरातलदेखि फर्क भन्ने हो ?’

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १८:०९
प्रतिक्रिया दिनुहोस्