Nic Ad Nic Ad
Nic Ad Nic Ad

जजिरा एयरवेजले गौतमबुद्ध विमानस्थलमा पुनः नियमित उडान गर्दै

सोमबार, असोज ७, २०८१

काठमाडौँ - जजिरा एयरवेजले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट पुनः नियमित उडान गर्ने भएको छ । जजिराले नेपाल नागरिक उड्डयन प्राधिकरणमा विन्टर सेड्युल स्वीकृतिका लागि प्राधिकरणमा पत्र पठाएको छ ।

जजिराले कुवेत-भैरहवा-कुवेत रुटमा पुनः नियमित उडान गर्न लागेको बताएको छ । प्राधिकरणले जजिरासँग विमानस्थल सञ्चालन हुने समय भित्रको सेड्युल मागेको थियो ।सोही अनुसार जजिराले जजिराले अनुमतिका लागि पत्र पठाएको प्राधिकरणले जनाएको छ । 

विमानस्थल बन्द भइसकेको समय (रात) को समयमा एउटा मात्र जहाजका लागि सबै समय दिँदा सञ्चालन खर्च अनावश्यक बढ्ने भएकाले प्राधिकरणले जजिरालाई विमानस्थल खुलेको समयमा उडान राख्न आग्रह गरेको थियो ।

सोही अनुसार ६ : २५ मा नेपाल आएर ७ : ३० मा उडान गर्ने गरी जजिराले अनुमति लिन पत्र पठाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २०:१६
प्रतिक्रिया दिनुहोस्