Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थमन्त्री पौडेल चीन प्रस्थान

मंगलबार, असोज ८, २०८१

काठमाडौँ - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् । चिनियाँ उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा पौडेल गएराति चीन प्रस्थान गरेका हुन् ।

अर्थमन्त्री पौडेलले चीन सरकार र ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट इन्नोभेसन एण्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । 

अर्थमन्त्री पौडेल शनिबार स्वदेश फर्कने छन् ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्