Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य बढ्यो, तोलाको १ लाख ५९ हजार सात सय

मंगलबार, असोज ८, २०८१

काठमाडौँ - नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख ५९ हजार ७०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुनको मूल्य तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो । 

आज चाँदीको मूल्य भने घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज भने पाँच रुपैयाँले घटेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ  ।  

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्