Nic Ad Nic Ad
Nic Ad Nic Ad

अदालतमा छविको बयानले अत्तालिए रवि, दीपक बोहोराको सात्तो गयो!

मंगलबार, असोज ८, २०८१

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेको किचन क्याबिनेटका रुपमा चिनिने केन्द्रीय सदस्य दीपक बोहोराले मंगलबार सामाजिक सञ्जालमा लेखे,‘निर्देशित प्रतिवेदन कार्यान्वयन भए जनस्तरबाट प्रतिरोध हुनेछ।’

रास्वपा केन्द्रीय सदस्य बोहोराको यतिबेला सात्तो गएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका पूर्वडीआईजी छविलाल जोशीले अदालतमा ‘गलत संगत छाडेको’ अनि रकम अपचलनमा ‘जीबी राई र रवि लामिछानेको मिलोमतो’ रहेको बयान दिएका थिए। 

योसँगै रकम अपचलनमा दीपक बोहोराको मध्यस्तताको विषय पनि सार्वजनिक भइसकेको छ। यो विषय रास्वपा पूर्वमहामन्त्री मुकुल ढकालले सार्वजनिक गरिसकेका छन्। 

पोखराको सूर्यदर्शन सहकारी प्रकरण रविका लागि पेचिलो विषय बनेको छ। किनभने प्रहरीले पूरक निवेदनमाथि कारबाही अगाडि बढाएको छ।

यसबाहेक आजभोली नै रविलगायत सहकारीको विषयलाई प्रभावकारी छानबिन गर्ने कार्यादेशसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा नयाँ प्रहरी उपरिक्षकको सरुवाको निर्णय पनि भइसकेको छ। 

‘अब अनुसन्धान अझ प्रभावकारी हुनेछ’, उच्च सुरक्षा स्रोतले भन्यो,‘पूरक निवेदनमा प्रभावकारीताका साथ काम हुनेछ।’

राज्य व्यवस्था समितिमा रविविरुद्ध उजुरी परेपछि बयानका क्रममा गृहमन्त्रीको पोर्टफोलियोको दुरुपयोग गरी प्रहरी महानिरिक्षक (आईजी) बसन्तबहादुर कुँवर र कास्कीका प्रहरी उपरिक्षक (एसपी) मोहन थापालाई बयान दिन लगाइएको थियो। 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्