नेभिगेशन
राजनीति

माइतीघरमा छ पलेटी तमासा!

काठमाडौं– विद्युतीय कारोबारको कसुरमा प्रहरीको साइबर ब्युरोले पक्राउ गरेका विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंको रिहाईको माग गर्दै माइतीघर मण्डलामा तमासा गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीका आधारमा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको थियो।

घरमा गेट लगाएर बसेका प्रसाईंलाई पक्राउ गर्नका लागि प्रहरीलाई सकस परेको थियो। तर, उनका समर्थकलगायत केही राजनीतिक दलको आवरणमा रिहाईको माग गरी माइतीघर मण्डलामा मंगलबार बिरोधस्वरुप मुखमा टेप लगाएर सडकमा पलेटी मारेर बसेको दृश्य देखियो। 

लघुवित्त तथा वित्तीय शोषण विरुद्धको सङ्घर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईँको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। 

आइतबार भक्तपुरबाट पक्राउ प्रसाईलाई पक्राउ गरिएको थियो। गत असोज २ मा जिल्ला अदालत काठमाडौँले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप राजनीति